काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा उछाल आएको छ । सेयर बजार लगातार उकालो लाग्दा दैनिक कारोबार रकमले पनि नयाँ नयाँ उचाई चुमिरहेको छ । आज पनि दैनिक कारोबार रकमले नयाँ रेकर्ड बनाएकाे छ ।
अघिल्लो कारोबार दिन आइतबार सेयर बजारकै इतिहासमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो । सो रेकर्डलाई आज तोड्दै आज २७ अर्ब बढीको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।
आज बजार ७०.८१ अंक बढेर २९३१.६५ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ ।
आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । आज ३३९ कम्पनीको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसैगरी आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज एक अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
त्यस्तै, शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।
Comment