नबिल बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकले बोलायो साधारणसभा



काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारण सभा बोलाएको छ । बैंकले भदौ १७ गते विशेष साधारण सभा डाकेको हो ।

साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो ।

विशेष साधारण सभामा “नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर“ जारी गर्ने एजेन्डा छ । यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय विशेष साधारण सभा बोलाएको छ ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार १५:१३