युनिलिभरको नाफा ७.६३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

युनिलिभरको नाफा ७.६३ प्रतिशतले बढ्यो



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशत घटेको छ भने कुल आम्दानी २.२३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ५.८० प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५१ रुपैयाँ ९० पैसा बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ।

प्रकाशित : 12 August, 2024 11:03 am