फरवार्ड माइक्रोफाइनान्सको नाफा ३०८.७१ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फरवार्ड माइक्रोफाइनान्सको नाफा ३०८.७१ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ताे छ ?



काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ। संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ३२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवको तुलनामा संस्थाको नाफा ३०८.७१ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म संस्थाले सात करोड ८६ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी पनि ८ प्रतिशतले बढेको छ । संस्थाले अघिल्लो आवससम्ममा एक अर्ब १२ करोड रुपैयाँबराबरको रहेको खुद ब्याज आम्दानी बढाएर एक अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि १० करोड ५७ लाख रुपैयाँबाट वृद्धि भएर १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी भने १६ लाख ५२ हजारबाट घटेर १० लाख ३१ हजार रुपैयाँमा सीमित बनेको छ ।

संस्थाले रिटेन्ड अर्निङको आकार ४८.७२ प्रतिशतले घटेर २६ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले रिजर्भको आकार भने एक अर्ब १५ करोड रुपैयाँबाट बढाएर १ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

चौथो त्रैमाससम्ममा संस्थाको वितरणयोग्य मुनाफा ५१ करोड ९७ लाख रुपैयाँबाट घटेर २६ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ७.४५ रुपैयाँबाट बढेर ३०.४५ रुपैयाँ पुगेको छ ।

यस्तै प्रतिसेयर नेटवर्थ २८८.९६ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ७२.०७ रुपैयाँ र तरलता अनुपात ६.९८ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 11 August, 2024 1:56 pm