दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले एक वर्षदेखि तीन वर्षसम्मका लागि कम्पनीहरुलाई कोलोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनल,सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा प्रशंसा कन्स्ट्रक्सन चितवन,विभोर निर्माण सेवा डोटी,अधिकारी निर्माण सेवा नुवाकोट,नेशनल कन्स्ट्रक्सन रुपन्देही,खप्तड कन्स्ट्रक्सन बाजुरा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।

काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार १०:५१