नागरिक लगानी कोषकाे ब्याज आम्दानी बढेपनि नाफामा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषकाे ब्याज आम्दानी बढेपनि नाफामा गिरावट



काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कोषको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो नाफा अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ कमाएको थियो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो यस्तो ब्याज आम्दानी ३७ करोड १ लाख रुपैयाँ थियो।

त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ।

नाफासँगै कोषको प्रतिसेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ। ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार १०:४२