आइएमई पेले पायो ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइएमई पेले पायो ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण



काठमाडौं । आइएमई डिजिटल सोलुसनको आईएमई पेले हालै सिसा ‘पीसीआई डीएसएस- ४.०’ प्रमाणीकरण पाएको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको ‘आईएमई पे’ ले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्ड गरेवापत उक्त प्रमाणीकरण प्राप्त गरेको कम्पनीले बताएको छ ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पार गरेर नवीकरण गरेको छ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार १०:२४