काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले बिहीबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
लगानीकर्ताले उक्त सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्। कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेकाे छ।
हाल ९९ करोड रुपैयाँ कम्पनीको चुक्तापूँजी रहेकाे छ भने हकप्रद निष्कासन पछि कम्पनीको चुक्तापूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।
Comment