सेयर बजारमा उछाल : सबै सूचक हरियाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा उछाल : सबै सूचक हरियाली



काठमाडौं । मंगलबार भारी अंकले घटेको सेयर बजारमा बुधबार हरियाली देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४.०८ प्रतिशत अर्थात् १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ । मंगलबार बजार ५.१८ प्रतिशत अर्थात् १४५.०५ अंकले घटेको थियो ।

कारोबार अवधिभर ३३० कम्पनीको ३ करोड ७८ लाख ७३ हजार २१३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८३ करोड २६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार कारोबार रकमले भने नयाँ रेकर्ड राखेको थियो । त्यस दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएको थियो ।

आज सबै समूहहरु हरियाली बनेका छन् । आज फाइनान्स र व्यापार समूहमा उछाल देखिएको छ । आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको भने घटेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, सुपर मादी हाइड्रोपावर र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य घटेको हो ।

बोटलर्स नेपाल (बालाजु), गुडवील फाइनान्स, समृद्धि फाइनान्स प्रोगेशिभ फाइनान्स, नेपाल रि-इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत, दोल्ती पावर, सिटी होटल, हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा छ । यस कम्पनीको १ अर्ब करोड ५३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख, सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख, शिवम् सिमेन्टको ४६ करोड २१ लाख र चिलिमे हाइड्रोपावरको ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार १६:०५