नबिल बैंकको खुद नाफा ५६.६७ प्रतिशतले बढ्यो, ईपीएस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकको खुद नाफा ५६.६७ प्रतिशतले बढ्यो, ईपीएस कति ?



काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस त्रैमाससम्म बैंकको खुद नाफामा उल्लेख्य सुधार भएको देखिएको छ । यस अवधिसम्म आइपुग्दा नबिलको खुद नाफा ५६.६७ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा भने २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा बैंकको सञ्चालन नाफा पनि ५६.०६ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँमा पुगेको छ ।

साथै, खुद ब्याज आम्दानीमा पनि ८५.६३ प्रतिशत सुधार भएर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेपछि खुद नाफा पनि बढेको हो । वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

यता, पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा १.११ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा छ ।

प्रकाशित : ७ माघ २०७९, शनिबार १४:५८