एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता



काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखिआईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराईरहेको छ ।

सोही सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहितको आईपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो ।

नेपालको सन्दर्भमा सर्वसाधारणमा आईपीओ जारी गर्ने यस कम्पनी पहिलो हो । शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन, तेस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुबै बिचको पुलको रुपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रा.लि. (हाल मेरो जब लिमिटेड) को स्थापना भएको हो ।

मेरो जब लिमिटेडले merojob.com जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिदैं आईरहेका छन् ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार ११:४२