गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ: श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ: श्रेष्ठ



काठमाडौं । माओवादी नेता नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उनले २०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा रुपान्तरित भएको आमबुझाइ रहेको बताए । साथै सबैतिर विवाद भयो भन्ने तर्क गरेर भएपनि गर्भनरले राजिनामा दिनुपर्ने उनकाे भनाइ छ ।

यस बारेमा एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन नगरेकाले , खण्डन गर्ने स्थिति होला नहोला भन्ने कुरा गम्भिर रहेको उनको तर्क छ । उनले यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उनले बताए ।

श्रेष्ठले अघि भने, ‘विवाद भएर सबैलाई त्यस्तै त्यस्तै लागेको छ । कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो । २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भनेर गर्नुपर्‍यो । होइन भने विवाद भयो भनेर पनि उहाँले राजीनामा दिनुपर्थ्यो ।’

विवाद उत्पन्न भएपछि अरूलाई राजीनामा गर्न लगाउने तर आफूले भने विभिन्न बहाना खोज्ने प्रवृति ठीक नभएको श्रेष्ठको भनाइ थियो ।

प्रकाशित : ३० असार २०७९, बिहीबार १३:३२