२२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले असार २८ गते मंगलबार ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैकले ९१ दिने अवधिको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल असोज २५ गते परिपक्व हुनेछ। १८२ दिनका लागि ६ अर्ब रुपैंया जारी गर्नेछ । जुुन पुुस १६ परिपक्व हुनेछ। त्यस्तै ३६४ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० असार २६ गते परिपक्व हुनेछ।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार १५:५८