४ लाख १६ हजार कित्ता एफपीओ निष्कासन गर्दै महुली लघुवित्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

४ लाख १६ हजार कित्ता एफपीओ निष्कासन गर्दै महुली लघुवित्त



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणलाई छुट्याएको कुल शेयरमध्ये बाकी रहेको ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ ।

यसको लागि कम्पनीले बिक्री प्रबन्धक छनोट गर्दैछ । कम्पनीले सूचना जारी गरि १५ दिनभित्र इच्छुक मर्चेन्ट बैंकिङ (बिक्री प्रबन्धक) हरुलाई आफ्नो प्रोफाईल सहित आवेदन दिन आग्रह गरेको छ ।

हाल कम्पनीको सूचीकृत सेयर २८ लाख २१ हजार ६९४ कित्ता छ।

प्रकाशित : १५ असार २०७९, बुधबार १३:०७