सानिमा लाईफ इन्स्योरेन्सको ९ करोड ३६ लाख ८६ हजार खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाईफ इन्स्योरेन्सको ९ करोड ३६ लाख ८६ हजार खुद नाफा



काठमाडाैँ । सानिमा लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ९ करोड ३६ लाख ८६ हजार खुद नाफा गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करिब २७ प्रतिशत बढी कुल खर्च गरेको छ ।

कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी गरेको हो भने रू. २ करोड ९१ लाख ४ हजार खर्च गरेको हो ।

सर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ ।

जगेडा कोष रकम गत वर्षभन्दा ६५ प्रतिशत बढी रू. २० करोड ६३ लाख २१ हजार कायम भएको छ । जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर रू. १ अर्ब ९२ करोड ३५ लाख पुगेको छ ।

यो वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. २ करोड १० लाख ८९ हजार बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ३२ लाख ४८ हजार प्रवाह गरेको हो ।

यस वर्ष कम्पनीले रू. १ अर्ब ४७ करोड ८२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ८ करोड ५० लाख ५२ हजार कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष १५४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले ५७ गुणा बढी कुल दाबी भुक्तानी गरेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५८ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने रू. १५ लाख मात्र कुल दाबी भुक्तानी गरेको थियो ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार ०९:३२