सनराइज बैंकको बोनस शेयरमा मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको बोनस शेयरमा मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

बैंकको ५.८० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको मंसिर २५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारण सभा पौष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट काठमाडौंमा बिहान १० बजे हुने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : 22 December, 2020 10:36 am