कृषि विकास बैक र इसेवा मनि ट्रान्सफबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफबीच सम्झौता



काठमाडौ । कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता सँगै अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंक लि.का नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ ।

उनले विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडी बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ्ग विभागका टिमलाई धन्यावाद दिए ।


सम्झौता कार्यक्रममा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले कृषिविकास बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।

कार्यक्रममा कृषिविकास बैक डिजिटल बैकिड. विभागका विभागीयप्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै कृषि विकास बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको र यसै क्रममा इसेवा मनिट्रान्सफरसंग विष्रेषण सम्झाैता भएको बताए ।

कार्यक्रममा कृषिविकास बैक डिजिटल बैकिङ्ग विभागका कृष्णप्रसाद नेपाल ,शान्ति प्रसाद रिजाल र इसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार १९:१२