एनआइसीको शेयर कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसीको शेयर कारोबार सुरु



काठमाडाै । एनआइसी एसिया लघुवित्तको सेयर कारोबार सुरु भएको छ । नेप्सेमा एनआइसीएसबीएसएल संकेतबाट कारोबार सुरु भएको हो । पहिलो कारोबार ३३१ रुपैयाँमा यसको कारोबार खुला भएको छ ।

नेप्सेले सुरु कारोबारका लागि ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्मको ओपन रेन्ज दिएको थियो । यही सीमाको उच्चतम विन्दुबाट कारोबार खुलेको हो । यस कम्पनीको सर्वसाधारणमा जारी गरिएको सहित कम्पनीको कायम सबै चुक्ता पुँजी बराबरको १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गरिएको छ ।

एनआइसी एसिया लघुवित्तको सेयर गत शनिबार बिहान बाँडफाँट भएको थियोे । यसमा रीतपूर्वक आवेदन दिने सबैले न्यूनतम १० कित्ता सेयर पाएका छन् । यसैगरी, थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाका माध्यमबाट थप १० कित्ताका दरले सेयर पाएका छन् । यसर्थ, उनीहरुको हातमा २० कित्ता सेयर पर्नेछ ।

यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको थियो । कुल ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । जसमा ५.१९ गुणा बढी आवेदन आवेदन परेको थियो । यो लघुवित्त क्षेत्रकै हालसम्मको ठूलो आइपीओ हो ।

प्रकाशित : २५ असार २०७७, बिहीबार १५:५७