प्रभु इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेन्डा



प्रभु इन्स्योरेन्सले माघ २४ गते २४ औँ वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको ३८० औं बैंठकले उक्त सभाको मिति घोषणा गरेको हो । सभा प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि समेत गरी ११.३२ प्रतिशत नगद लाभांश गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित : २४ माघ २०७६, शुक्रबार ०७:५९