महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झाैता



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत, उपचार प्रव्रिmयामा अधिकतम १५प्रतिशत, रोगको निदानमा अधिकतम १२ प्रतिशत तथा औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : ९ माघ २०७६, बिहीबार १२:३४