स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ४९ जिल्लाका २१ लाख जनसंख्या आबद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ४९ जिल्लाका २१ लाख जनसंख्या आबद्ध



काठमाडाै । सरकारले २०७२ चैतदेखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ४९ जिल्लाका २१ लाख जनसंख्या आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म बीमितबाट दुई अर्ब ५० करोड रुपैयाँ प्रिमियम शुल्क संकलन भइसकेको छ भने दुई अर्ब ५० करोड दाबी भुक्तानी समेत भइसकेको छ ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा नै उपचार गराउन नसक्नेहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सरकारले कार्यक्रम ल्याएको थियो । कार्यक्रममा सरकारी स्तरका सबै र निजी स्तरका ५० भन्दा बढी शैय्या भएका अस्पताल आवद्ध छन् ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार ०७:४४