मेरो माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा कात्तिक २९ गते, साढे ३१ प्रतिशत लाभांश दिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेरो माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा कात्तिक २९ गते, साढे ३१ प्रतिशत लाभांश दिँदै



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौं साधारण सभा कात्तिक २९ गते हुने भएको छ ।

साधारण सभामा कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २० गतेदेखि कात्तिक २९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १२:४०