समाज लघुवित्तको साधारणसभा कात्तिक २९ गते, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समाज लघुवित्तको साधारणसभा कात्तिक २९ गते, यस्ता छन एजेन्डा



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २९ गते प्रथम साधारण सभा गर्ने भएकाे छ । लघुवित्तले अधिकृत पुँजी ४ करोड बाट वृद्धि गरी १० करोड पुर्याउने प्रस्ताव पेश गर्दैछ ।

हाल कायम २ करोड रुपैयाँ पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ६ करोड रुपैयाँ पुर्याउने पस्ताव पनि पारित गर्ने जनाएकाे छ ।

लुघवित्तले आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायत आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेकाे छ ।

सभामा संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसैगरी, सभामार्फत कम्पनीले अन्य कुने वित्तीय संस्थासँग गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षलाई अख्तिायारी प्रदान गर्नेछ ।

सभा जानकी फेमली होटल एन्ड लज मलंगवा, सर्लाहीमा बिहान ११ बजे सुरु हुने भएकाे छ

प्रकाशित : ५ कार्तिक २०७६, मंगलवार १४:५९