भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल



काठमाडौ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार ( मर्चेण्ट बैंकिङ्ग ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।

समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमापनि उत्कृष्ठ सेवा प्रदानगर्ने बंैकले लक्ष्य लिएको छ ।

हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र सानातथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १०:२५