सिटिजन्स बैंकले खोल्यो एकै दिन काठमाडाैमा दुई शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकले खोल्यो एकै दिन काठमाडाैमा दुई शाखा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८३ औं शाखा काठमाडौंको लामबगर र ८४ औं शाखा सिनामंगल सञ्चालनमा ल्याएको छ ।

यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार १५:३५