निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४०.५३% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४०.५३% लाभांश दिने



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २५% बोनस र १५.५३% नगद गरी कुल ४०.५३% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ३० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्ने भएकाे छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्धनले जनाएको छ । अघिल्लो वर्ष निर्धनले २०% बोनस र २२.११% बोनस गरी ४२.११% लाभांश वितरण गरेको थियो ।

हाल निर्धनको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको असार मसान्तसम्म निर्धनले ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २३ पैसा छ ।

प्रकाशित : 15 September, 2019 12:13 pm