ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक र खुल्ला विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार खुल्ला विश्वविद्यालयको सम्पूर्ण बैंकिङ कारोबार ग्लोबल आइएमई बैंकबाट हुने भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका किर्तिपुर ब्रान्च म्यानेजर शोभा न्यौपाने र खुल्ला विश्वविद्यालयका तर्फबाट रजिष्टार कमल ढकालले हस्ताक्षर गरेका छन् ।
अबदेखि खुल्ला विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरुको शुल्क ग्लोबल आइएमई बैंकबाट भुक्तानी हुने जनाइएको छ ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार ०७:०१