मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : सोविता गौतम तेस्रो स्थानमा  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थ राजनीति

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : सोविता गौतम तेस्रो स्थानमा 

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेनको सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन् ।

जसअनुसार यसअघि सातौं स्थानमा रहेकी कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् ।

दोस्रो स्थानमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले यथावत छन् । यसअघि तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा र चौथोमा ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौंमा पुगेका छन् ।

गृहमन्त्री सुधन गुरुङ छैटौंमा र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौं स्थानमा कायम भएका राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को अन्तिम नम्बरमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव छन् ।

यसअघि बालेन नेतृत्वमा मन्त्रिपरिषद गठन भएको दुई साता नबित्दै सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको थियो । 

यस्तो हेरफेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट मन्त्री र बालेन निकट मन्त्रीहरुको मर्यादाक्रम तलमाथि गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रकाशित : १० मंसिर २०८३, बिहिबार १८:२४ 26 November, 2026 6:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।