सोल्टी होटलले सेयरधनीलाई दोहोरो लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
८ मंसिर २०८३, मंगलबारTuesday, November 24, 2026

अर्थबजार स्टोरी

सोल्टी होटलले सेयरधनीलाई दोहोरो लाभांश दिने

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले नगद लाभांशबापत कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी ५२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

कम्पनीले आगामी पुस २१ गते मंगलबार ५२औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि २१ गतेसम्म सेयर दाखिला खारेज दर्ता किताब (बुक क्लोज) गर्ने जनाएको छ।

यसअनुसार बुक क्लोज हुनुअघिसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : ८ मंसिर २०८३, मंगलबार १४:४४ 24 November, 2026 2:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।