काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको गत चौथो त्रैमाससम्म वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको वितरणयोग्य नाफा गत वर्ष भने २६ दशमलव ६३ प्रतिशत बढी भएको हो ।
गत चौथो त्रैमाससम्म कम्पनीले अघिल्लो वर्षभन्दा करिब ८३ प्रतिशत बढी १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । इम्परेमन्ट चार्ज रकम घटेसँगै कम्पनीको खुद नाफा बढेको हो । अघिल्लो वर्ष ९५ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष भने २० करोड ७९ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो । कुल सञ्चालन आम्दानी ६ दशमलव ३९ प्रतिशत बढी रहेको कम्पनीको सञ्चालन नाफा भने ९० दशमलव ७४ प्रतिशत बढेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँभन्दा बढी छ । गत चौथो त्रैमाससम्म ७७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ६३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा अघिल्लो वर्ष ४ दशमलव २७ प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ९३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५९ रुपैयाँ ४८ पैसा छ ।


Comment