रास्वपाले आज सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

मुख्य समाचार

रास्वपाले आज सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।

रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। सांसदहरूबीच भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै प्रविष्ट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव दर्ता गर्न सक्ने, ती गुनासाको ट्र्याकिङ हुने र सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिने सुविधासमेत प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ ।

प्रकाशित : १९ असार २०८३, शुक्रबार १०:३१ 3 July, 2026 10:31 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।