काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

मुख्य समाचार

काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, रोशीकी २० वर्षीया विष्णुडाल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मानव तामाङ, ३४ वर्षीय गोइयासिं तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ र ‘सुवास’ भनिने थप पहिचान नखुलेका ५–६ वर्षका एक बालक रहेका छन् ।

त्यस्तै, एक वर्षकी बालिका र ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। बस नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा दुर्घटनामा परेको थियो ।

प्रकाशित : २९ जेष्ठ २०८३, शुक्रबार १७:३२ 12 June, 2026 5:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।