पुँजीगत लाभकर यही नै अन्तिम हो, भ्रममा नपरौँ: अर्थमन्त्री डा.वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पुँजीगत लाभकर यही नै अन्तिम हो, भ्रममा नपरौँ: अर्थमन्त्री डा.वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा लाग्ने कर अन्तिम (फाइनल) नै हुने स्पष्ट पारेका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटपछि उत्पन्न अन्योलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सेयर लगानीकर्तामाझ देखिएको भ्रम अन्त्य गर्दै पूँजीगत लाभकरलाई अन्तिम करकै रूपमा लागू गरिएको बताए।

बजेटपछि पूँजीगत लाभकर आयकरसँग समायोजन हुने हो वा अन्तिम कर हो भन्नेबारे बजारमा विभिन्न टिकाटिप्पणी भइरहेका थिए। त्यसको प्रष्टिकरण दिँदै अर्थमन्त्री वाग्लेले यो कर फाइनल नै रहने बताए।

सरकारले बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर पनि संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अल्पकालीन लगानीकर्ताका लागि कर दर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याइएको छ।

त्यस्तै संस्थागत तथा अन्य सम्बन्धित वर्गका लागि लागू हुने ७.५ प्रतिशत दरलाई बढाएर १० प्रतिशत कायम गरिएको छ।

कर दर परिवर्तनपछि पूँजी बजारमा पर्ने प्रभावबारे सरोकारवालाबीच बहस भइरहेका बेला अर्थमन्त्रीको स्पष्टिकरण आएको हो। उनले कर प्रणालीलाई व्यवस्थित र राजस्व परिचालनलाई सुदृढ बनाउने उद्देश्यले यो संशोधन गरिएको बताए।

प्रकाशित : 31 May, 2026 4:39 pm