आर्थिक कारोबारलाई नगदरहित बनाउने योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक कारोबारलाई नगदरहित बनाउने योजना



काठमाडौं । सरकारले देशभरका आर्थिक कारोबारलाई डिजिटल तथा नगदरहित बनाउने योजना अघि सारेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै प्रकारका आर्थिक कारोबार क्रमशः डिजिटल प्रणालीमार्फत सञ्चालन गरिने बताएका हुन्।

सोमबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै उनले नगदरहित कारोबारलाई प्रोत्साहन गरिने उल्लेख गरे।

सरकारले डिजिटल भुक्तानी प्रणाली विस्तार गर्दै आर्थिक कारोबारलाई पारदर्शी, सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित : 11 May, 2026 5:10 pm