मञ्जुश्री फाईनान्सलाई बेस्ट म्यानेजमेन्ट फाइनान्स कम्पनी–२०२६ अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मञ्जुश्री फाईनान्सलाई बेस्ट म्यानेजमेन्ट फाइनान्स कम्पनी–२०२६ अवार्ड



काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडलाई New Business Age द्वारा आयोजित 10th NewBiz Conclave and Business Excellence Awards 2026 समारोहमा बेस्ट म्यानेजमेन्ट फाइनान्स कम्पनी–२०२६ अवार्डबाट सम्मानित गरिएको छ ।

उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस अवार्डले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । कम्पनीले ग्राहक केन्द्रित सेवा र आधुनिक वित्तीय समाधान मार्फत वित्त क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको छ ।

यस उपलब्धिले कम्पनीलाई आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा संस्थागत विकासतर्फ अग्रसर हुन प्रेरित गरेको कम्पनीले जनाएको छ ।

२८ वटा शाखा तथा १ वटा विस्तारित काउन्टर रहेको यस फाईनान्सले विप्रेशण, मोवाइल बैंकिङ, EMI सुविधा सहितको Virtual Credit Card र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रकाशित : 10 May, 2026 3:24 pm