काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधिसभाको बैठकमा पहिलोपटक सम्बोधन गर्दै वर्तमान सरकारले जेनजी १० बुँदे सम्झौता अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, सम्झौता पालना नगरे स्वीकार्य नहुने छ र शुसीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनसँग गरेको सम्झौतामा ढिलाइ भए यसलाई मान्यता नहुने छ।
सांसद खरेलले संसदभित्र राजनीतिक परिवर्तनको संकेत गर्दै भने, “अब पुराना पातहरु हट्दै छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्। बसन्तको बहार आएको छ र यी युवा अनुहारले फल दिन तयार छन्।” उनले राजनीतिक र नेतृत्वको परिभाषा परिवर्तन भएको पनि बताए।
त्यसैगरी उनले देशमा राजनीतिक परिभाषा बदल्ने नायकको रूपमा रवि लामिछानेको नाम लिएर भने, “जसले नेतृत्वको परिभाषा परिवर्तन गरेको छ र राजनीतिक डिस्कोर्ड अगाडि बढाइरहेको छ।”






Comment