काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले रिक्त रहेको सिभिल इन्जिनियर (सिनियर अफिसर तहसम्म) पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। बैंकले एक विज्ञापन जारी गर्दै जलविद्युत क्षेत्रमा अनुभव भएका इन्जिनियरको माग गरेको हो।
योग्यता र अनुभव बैंकका अनुसार उक्त पदका लागि आवेदन दिन उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। शैक्षिक योग्यतामा कम्तीमा द्वितीय श्रेणी हुनुपर्ने र नेपाल इन्जिनियरिङ काउन्सिलको वैध सदस्यता अनिवार्य गरिएको छ।
अनुभवका हकमा, जलविद्युत आयोजनाहरूमा प्रोजेक्ट साइट इन्जिनियरको रूपमा वा बैंक तथा वित्तीय संस्थाहरूमा हाइड्रोपावर इन्जिनियरको रूपमा कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्ने बैंकले जनाएको छ। आवेदन दिने अन्तिम मितिसम्म आवेदकको उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन प्रक्रिया र समयसीमा इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो सिभी बैंकको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ। आवेदन दिने अन्तिम मिति सन् २०२६ मार्च २५, बुधबार सम्म तोकिएको छ।
प्राप्त आवेदनहरूमध्येबाट सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि बोलाइनेछ। छनोट भएका उम्मेदवारहरूलाई उनीहरूको पूर्व अनुभवका आधारमा उपयुक्त संस्थागत पद प्रदान गरिने सूचनामा उल्लेख छ ।






Comment