जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरको छ। लघुवित्तकाे मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरको हाे।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०‍.७३६८ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।

प्रकाशित : 14 December, 2025 11:01 am