बजारबाट ९० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बजारबाट ९० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैक



काठमाडाैं । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  

पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी फागुन १७ गते हुनेछ ।  

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : 7 December, 2025 10:23 am