काठमाडाैं । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।





Comment