काठमाडौं। कामना सेवा विकास बैंकले १९औं वार्षिकोत्सव अवसरमा बालबालिका लक्षित अल्फा ग्रो वचत खाता योजना सुरु गरेको छ। १८ वर्षमुनिका बालबालिकाका लागि ल्याइएको यो खाता खोल्दा बैंकले खुत्रुकेसमेत दिनेछ।
खातामा बचत निक्षेप १ लाख पुगेपछि बैंकले प्रस्तावकको १५ वर्षे अवधिका लागि ५० हजार बीमांकको जीवन बिमा र बिमाशुल्कसमेत तिरिदिनेछ। बैंकले सूर्यज्योति जीवन बीमा कम्पनीसँगको सहकार्यमा बिमा योजनाको सुविधा बैंक खातासँगै समावेश गरेको हो।
डोर स्टेप बैंकिङ सर्भिससमेतको सुविधा यो खाता खोल्नेले पाउने बैंकले जनाएको छ। यो सेवा कामना सेवा विकास बैंकको मोबाइल वैंकिङ एपमार्फत अनुरोध गर्न सकिनेछ।
बचतसँगै जीवन बिमा सुविधा पनि हुने भएकाले बचत गर्ने बानीको विकास गर्न सघाउने बैंकको विश्वास छ। बैंकमा भएको खातामा नगद जम्माबापत ब्याज आम्दानी हुने र स–सानो रकम नियमित बचत गर्ने बानी बसाल्न बालबालिकालाई प्रेरित गर्ने बैंकको भनाइ छ।





Comment