सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा



काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउँदै नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ। मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ले यस नयाँ बचत खाताको प्रारम्भ गरेका हुन्।

खाताको विशेषता

यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा र डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदाय का लागि जीवनशैली अनुरूप वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

न्यूनतम रु १०० बाट खाता सञ्चालन सम्भव

वार्षिक ३.०२ प्रतिशत ब्याजदर

पहिलो वर्ष चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन र सि–आश्वा रेजिष्ट्रेशन निःशुल्क

डिजिटल सुविधामा विशेष बन्डल

बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ सेवा चारै सेवा एकसाथ प्रयोग गर्दा मात्र रु ५०० मा उपलब्ध गराउने सुविधा पनि राखेको छ। यसले युवालाई न्यून लागतमा सम्पूर्ण डिजिटल बैंकिङ पहुँच दिने विश्वास बैंकले लिएको छ।

थप सुविधा र लाभ

ट्राभल कार्ड इश्यू चार्जमा ५०% छुट

मोबाइल बैंकिङको जेन–जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभव

पहिलो मोबाइल टप–अपमा २५% नगद फिर्ता

बैंकको नवप्रवर्तन र विस्तार

सिटिजन्स बैंकले यस अघि पनि:

फोनपेसँग सहकार्यमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालन

फ्रीलान्सर लक्षित फ्रिलान्सर सेविङ्ज अकाउन्ट

मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा

अन्य बैंकका ग्राहकले क्रस बैंक टेलर सुविधा मार्फत नगद प्राप्त गर्न सक्ने सुविधा

सञ्चालन र पहुँच

बैंक देशैभरि ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ ईकाइ मार्फत १९ लाख ५४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यस नयाँ बचत खाताले युवामैत्री, डिजिटल र सहज बैंकिङ अनुभव प्रदान गर्दै ग्राहकवर्गको वित्तीय पहुँचलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित : 24 November, 2025 1:44 pm