सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै समावेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद दुवै समावेश



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक २८ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : 16 November, 2025 11:14 am