काठमाडौं – डिशहोमले नेपालभरका अग्रणी स्पा तथा सलोन सेवा प्रदायक द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ। डिशहोमको अभिनव Virtual Privilege Card कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यले ग्राहकहरूलाई देशभरका ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुट तथा वेलनेस लाभ प्रदान गर्नेछ।
डिशहोमका सक्रिय ग्राहकहरूले अब नेपालभरका सबै ट्राङक्विलिटी स्पा शाखामा निम्न छुटहरू प्राप्त गर्न सक्नेछन्:
सबै स्पा तथा सलोन सेवामा २५% छुट
सबै सलोन सेवामा २०% छुट
Tranquility International Beauty & Spa Academy (TIBSA) का तालिम कार्यक्रममा ३०% छुट
लक्जरी वातावरण, अनुभवी थेरापिस्ट र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा नेपालका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको छ। यस साझेदारीले मनोरञ्जन, स्वास्थ्य र वेलनेस सेवाहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको छ।
काठमाडौंस्थित TIBSA ले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र वेलनेस सम्बन्धी व्यावसायिक तालिमहरू प्रदान गर्दै आएको छ।
अफर कसरी लिन सकिन्छ?
myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको Virtual Privilege Card खोल्नुहोस्।
कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।
यस साझेदारी अन्तर्गत Tranquility Spa and Services का प्रमुख सञ्चालन अधिकृत (COO) श्री रणिल फाइजो र DishHome का Chief of New Product Development Officer श्री सबिन महर्जनबीच समझदारी पत्र (MoU)मा हस्ताक्षर गरिएको हो।
“यो साझेदारीले हाम्रो ग्राहकहरूलाई थप सहजता, मूल्य र सन्तोषजनक अनुभव प्रदान गर्नेछ,” भनी DishHome का CEO श्री तारा मानन्धरले बताउनुभयो।
डिशहोमको Virtual Privilege Card कार्यक्रम कम्पनीको ग्राहक सन्तुष्टि र जीवनशैली प्रवर्द्धन गर्ने दीर्घकालीन योजनाको हिस्सा हो। डिशहोमले यसमार्फत भोजन, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै देशभर विशेष सुविधा र प्रिमियम अनुभवहरू उपलब्ध गराउँदै आएको छ।
कम्पनीले आगामी महिनाहरूमा आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक अफर र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको जनाएको छ।





Comment