एनआईसी एशिया बैंकको कस्ताे छ वित्तिय सूचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

बैंक / वित्त

एनआईसी एशिया बैंकको कस्ताे छ वित्तिय सूचक ?

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा बैंकले १२ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १०.५३ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकले ११ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड ४० लाख रुपैयाँले ऋणात्मक थियो।

चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा १९ करोड ३५ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १७ करोड ३८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ११.३१ प्रतिशतले बढेको छ।

असोजसम्म बैंकले २ अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी १०.४४ प्रतिशतले कम हो।

चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा २० अर्ब ९७ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङ ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो भने रिजर्भमा १९ अर्ब ८१ करोड ६० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चालु आर्थिक वर्षको असोजसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर १.७४ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल २.०८ प्रतिशत थियो।

चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २.९१ रुपैयाँ थियो। पीई रेसियो ९७.७३ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९८.७४ रुपैयाँ रहेको छ।

प्रकाशित : २१ कार्तिक २०८२, शुक्रबार १२:५७ 7 November, 2025 12:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।