काठमाडाैँ । नेपाल एसबीआई बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा सर्वसम्मतिले चयन भएका छन्। बैंकको संचालक समितिको ५३६औं बैठक (मिति २०८२ कात्तिक १४) ले स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्ने कुंचालाई अध्यक्षमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष वेंकट वंसीधर कुंचा हाल मुम्बईस्थित स्टेट बैंक अफ इण्डियाको प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धक (Chief General Manager) पदमा कार्यरत छन्। उनी एसबीआईको २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय सम्बन्धी कार्यहरूको प्रत्यक्ष जिम्मेवारी सम्हाल्दै आएका छन्।
नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले नवनियुक्त अध्यक्ष कुंचालाई पद तथा गोपनीयताको शपथ बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित समारोहमा गराएका थिए।
सो अवसरमा राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, क.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई, शरण कुमार अधिकारी लगायत उच्च अधिकारी उपस्थित थिए।
त्यस्तै नेपाल एसबीआई बैंकका संचालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपाल प्रसाद भट्ट, प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, र कम्पनी सचिव खगेश्वर भट्ट पनि कार्यक्रममा सहभागी थिए।





Comment