काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नवीन दरअनुसार बैंकहरूको औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको देखिएको छ। २० वटा वाणिज्य बैंकमध्ये १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी ६ बैंकले स्थिर राखेका छन्। असोज महिनामा औसत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिकमा झरेर ५.२० प्रतिशतमा पुगेको हो।
कात्तिक महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नबिल बैंक
बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ ३.९२ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर दिएको थियो ।
प्रभु बैंक
प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कात्तिक महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.३५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
एभरेष्ट बैंक
बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.२५ र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
नेपाल बैंक लिमिटेड
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।
ग्लोबल आइएमई बैंक
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि
व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ।
सानिमा बैंक
सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१४ प्रतिशत र संस्थागततर्फ ३.४ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको थियो।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ ४.१८ प्रतिशत ब्याजदर दिएको थियो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।
एनएमबी बैंक
बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असोज महिनाका लागि बैंकले अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिएको थियो ।
कृषि विकास बैंक
बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
माछापुच्छ्रे बैंक
बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१८ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।





Comment