रेमिट्यान्स सीमामा राष्ट्र बैंकको नयाँ व्यवस्था: अब प्रतिदिन २५ लाखसम्म पठाउन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

बैंक / वित्त

रेमिट्यान्स सीमामा राष्ट्र बैंकको नयाँ व्यवस्था: अब प्रतिदिन २५ लाखसम्म पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रकमको सीमा बढाएको छ। केन्द्रीय बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित परिपत्रअनुसार अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था)बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ ९एकपटक वा पटक–पटक०को विप्रेषण रकम ल्याउन सकिने रकम सीमा बढाइएको छ। यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो।

संशोधित परिपत्रमार्फत राष्ट्र बैंकले भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि मासिक रुपमा विवरण पेस गर्नुपर्ने व्यवस्था थियो।

प्रकाशित : २४ आश्विन २०८२, शुक्रबार १३:२३ 10 October, 2025 1:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।