सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको  महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रकाशित : 8 October, 2025 12:30 pm