एकैदिनमा सुन २५ सयले बढ्यो, चाँदी पनि महँगियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एकैदिनमा सुन २५ सयले बढ्यो, चाँदी पनि महँगियो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. २ लाख ३३ हजार १ सय कायम भएको छ।

आइतबार प्रतितोला रु. २ लाख ३० हजार ६ सयमा कारोबार भएको सुन आज एकैदिनमा रु. २ हजार ५ सयले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार प्रतितोला रु. २ हजार ९ सय ३० मा कारोबार भएको चाँदी सोमबार प्रतितोला रु. २ हजार ९ सय ६० मा कारोबार भइरहेको छ।

प्रति १० ग्रामको हिसाबले आज सुन रु. १ लाख ९९ हजार ८४५ मा र चाँदी रु. २ हजार ५३८ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : 6 October, 2025 10:53 am